आँबुखैरेनी–मुग्लिन सडक तीन घन्टा बन्द हुने

तनहुँ | जेठ २७, २०८१

आँबुखैरेनी–मुग्लिन सडक तीन घन्टा बन्द हुने

तनहुँ:     पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड तीन घन्टा पूर्ण रूपमा बन्द हुने भएको छ।


आँबुखैरेनी–४ स्थित डयाम नजिक पहिरो नियन्त्रणको काम भइरहेकाले बिहान १० देखि दिउँसो १ बजेसम्म सडक बन्द हुने भएको हो।


हिलसाइडमा चर्किएका ढुङ्गा ‘ट्रिममिङ’ गर्नुपर्ने भएकाले बाटो बन्द गरिने जिल्ला सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञवालीले बताए।


पृथ्वीराजमार्गमा गुड्ने सवारीसाधन व्यवस्थापनमा सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिएको पनि ज्ञवालीले बताए।

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्